Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

बालेन शाहविरुद्ध सूर्य थापाको कडा आरोप: मेयरको कुर्सीमा एक मिनेट पनि बस्न लायक छैन

Reporter

एमाले नेता सूर्य थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनलाई “विदेशीको शिखण्डी र अपराधी हत्यारा”सम्म भनेका छन्।

थापाले लेखेका छन्, “दमकल नपठाउने अपराधी उही थियो र दमकल रोक्ने भिड पनि उसकै थियो। सिंहदरबार, शितल निवास, सर्वोच्च अदालत र संसद भवन उसकै भिजिलान्तेहरूले जलाएका थिए भन्ने छर्लङ्ग भइसकेको तथ्य छ।”

उनले भदौ २४ गतेको घटनामा ५४ जनाको ज्यान गएको दुःखद घटनालाई पनि बालेन शाहसँग जोड्दै लेखेका छन्, “त्यो रहस्यमय ‘लुसिफर डार्कम्यान’को उक्साहटमा नै त्यो हत्या भएको हो।”

थापाले बालेन शाहलाई लक्षित गर्दै थपे, “ऊ विदेशीको शिखण्डी र अपराधी हत्यारा हो। राजधानीको मेयरको कुर्सीमा एक मिनेट पनि बस्न लायक छैन।”

थापाको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। बालेन शाहका समर्थकहरूले यो आरोपलाई राजनीतिक प्रचारको संज्ञा दिएका छन् भने थापाका समर्थकहरूले बालेनमाथि कडा कारबाहीको माग गरेका छन्।

यसअघि पनि थापाले बालेन शाहको शैली र निर्णयहरूलाई “जनमतको भावनामा खेलबाड” भन्दै आलोचना गर्दै आएका थिए। बालेन शाह पक्षबाट भने अहिलेसम्म यसबारे कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको