एमाले निकट राष्ट्रिय युवा सङ्घले काठमाडौँ महानगरका मेयर बालेन साहविरुद्ध नेपो बेबी ट्रेन्ड चलाउनुपर्ने बताएका छन् ।
बुधबार एमाले पार्टी कार्यालयमा युवा संघका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा नेपालका उपाध्यक्ष महाराज गुरुङले बालेनका गतिविधि र उनको सम्पत्तिमाथि छानबिन हुनुपर्ने बताए ।
‘भ्रष्टाचार अन्त्य गरेर जाने हो भने राष्ट्रिय युवा सङ्घ नेपालले पनि अव बालेन शाह र उनका बाबुको सम्पत्ति छानबिन गर्ने, हामी नेपाल संस्थाको कति सम्पत्ति आयो ? आम्दानी कति छ ? त्यो सोच्छौ’, उनले भने, ‘देशलाई भड्खालोमा हाल्ने बालेनबारे हामी सोच्छौ ।’
लोकप्रिय समाचार

