Logo
12 Nov 2025    २७ कार्तिक २०८२, बुधबार

ताजा खबर

भदौ २३ गते जेनजी विद्यार्थी हत्यामा तत्कालिन ओली सरकार दोषीः एमाले उपाध्यक्ष पाण्डे ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त भारतीय कलाकार धर्मेन्द्रको निधनको खबर गलत, छोरीले भनिन् ‘अवस्था स्थिर छ’ सुन तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो पशुपति क्षेत्र विकास संकट: कार्यकारी निर्देशक जोशी सदस्य सचिव पदको लागि विवादमा, ठेकेदार र राजनीतिक दबाब सक्रिय

सन्दीपले ५ विकेट लिँदा कतारमाथि नेपालको रोमाञ्चक जित

Reporter

ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप ‘एसिया एन्ड इस्ट एसिया प्यासिफिक’ छनोटको सुपर सिक्सअन्तर्गतको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको छ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतारले १९.५ ओभरमा एक सय ४२ रन बनाउँदा सबै विकेट गुमायो।

कतारका लागि इमाल मालिन्दु र जुबेर अलीले अर्धसतक बनाए। इमालले ३५ बलमा ५६ तथा अलीले ५५ बलमा ५२ रन बनाए। यस्तै मुहम्मद असिमले १० रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो रन बनाउन सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए। यस्तै नन्दन यादवले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले अर्धसतक बनाए। उनले ४१ बलमा ५८ रन बनाए। यस्तै दीपेन्द्र सिंह ऐरीले २६ तथा गुल्शन झाले १६ रन बनाए। सोमपाल कामीले १४ रन बनाए। कतारका मिर्जा मोहम्मद बाग र डेनियल आर्चरले समान तीन तीन विकेट लिए।

नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो। समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो। त्यसपछि सुपर सिक्सको पहिलो खेलमा नेपालले हिजो संयुक्त अरब इमिरेट्स ९युएई०लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको