Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

Reporter

Nepal-Rastra-Bank

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ३० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ। राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी गर्न लागिएको जनाएको छ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम कूल पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने शर्त पूरा गरेको हुनुपर्ने जनाइएको छ।

बैंक तथा वित्तीय संस्थाले यही असोज ३० गते आफूले लिन चाहेको र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत तोकेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको