नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि हस्ताक्षरसहितको प्रस्ताव आज दर्ता हुँदैछ। प्रस्ताव दर्ताको म्याद बिहान १० बजेसम्मका लागि थपिएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा देशभरबाट संकलित हस्ताक्षर ५१ प्रतिशत पुगेको दाबी गरिएको छ।
थापानिकट केन्द्रीय सदस्य मधु आचार्यका अनुसार दुई हजार ४०० भन्दा बढी प्रतिनिधिको हस्ताक्षरसहित प्रस्ताव दर्ता गर्न तयारी भइरहेको छ।
‘जेनजी’ आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा, डा. आरजु राणा र अन्य कांग्रेस नेताहरूका घरमा आक्रमणपछि नेतृत्व परिवर्तनको बहस तीव्र बनेको हो। यही बहसका आधारमा विशेष महाधिवेशनको माग औपचारिक रूपमा दर्ता गर्न लागिएको हो।
लोकप्रिय समाचार

