Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान, आज ४ बजेसम्मको समय

Reporter

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरिएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि  अपराह्न ४ बजेसम्म दलहरुलाई आह्वान गरेकी हुन्।

हुन त केही दिन पहिला मात्र नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता कृष्णा प्रसाद यादवले जनमत र एमाले संगको गठबन्धनमा आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि प्रस्ताव पेश गरिसकेका छन्।

 ४ बजेसम्म अन्य कुनै दलले दाबी पेस नगरेका खण्डमा कांग्रेसको नेतृत्वमै सरकार बन्ने देखिएको छ।

आजै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने भनेकोमा उनले प्रदेश सभा बैठकमै राजिनामा दिएको घोषणा गरेका थिए। उनको राजिनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरिसकेकी छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको