भारतीय राज्य राजस्थानअन्तर्गत जैसलमेर जिल्लामा मंगलबार दिउँसो सर्ट सर्किटका कारण एउटा निजी एसी स्लिपर बसमा आगलागी हुँदा २० जना जिउँदै जलेका छन्। जलेर तीन दर्जनभन्दा बढी गम्भीर रूपमा घाइते भएका छन्।
लगभग ७० प्रतिशत जलेका १६ जनालाई जोधपुरको मथुरादास अस्पतालमा भर्ना गरिएको छ भने अन्य घाइतेहरूको उपचार जैसलमेरको जवाहर अस्पतालमा भइरहेको छ।
मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। जैसलमेरबाट जोधपुर जाँदै गरेको बसमा जम्मा ५७ जना यात्रा गरिरहेका थिए। पोखरणका विधायक प्रताप पुरीले दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि गरेका छन्।
लोकप्रिय समाचार

