काठमाडौं । गायक सौगात जङ्ग थापा र गायिका सामना घतानीको सुमधुर स्वरमा सजिएको प्रेमिल गीत ‘आकाशको जुन’ सार्वजनिक भएको छ ।
गीतमा अभिनास थापाको हृदयस्पर्शी शब्द र सौगात जङ्ग थापाकै संगीत रहेको छ । भावनात्मक र सुरिलो धुनले गीतलाई अझै मनमोहक बनाएको छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ रन्जन राईले सम्पादन गरेका छन् ।
म्युजिक भिडियोको छायांकन, सम्पादन र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् । भिडियोमा अभिनेता धिरेन शाक्य र शर्मिला राईले मन छुने अभिनय प्रस्तुत गरेका छन् ।
‘आकाशको जुन’ले प्रेम, वियोग र आशाको अनुभूति दिलाउने कथा प्रस्तुत गर्छ, जसले श्रोताको मनमा भावनात्मक छाप छोड्ने अपेक्षा गरिएको छ ।
लोकप्रिय समाचार

