Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

संसद् विघटन असंवैधानिक रहेको सभामुख र राजनीतिक दलको ठहर

Reporter

सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूसँग छलफल गरेका छन्।

बुधबार बिहान प्रतिनिधिसभा विघटनको विषयमा दलहरूको धारणा बुझ्न उनले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा छलफलका लागि दलहरूलाई बोलाएका थिए।

उक्त बैठकले संसद् विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको निष्कर्ष निकालेको छ। एमालेका नेता महेश बर्तौलाले संसद्लाई जीवित राखेर जेनजीको मागसहित सबै कुराहरूको समाधान गर्न सक्ने अवस्था हुँदाहुँदै ठूलो षड्यन्त्रले विघटन गरेको निष्कर्ष निकालेको बताए।

संसद विघटनका विषयमा बैठकमा सहभागी सबै दलहरूको एक मत रहेको उनले बताए। यसबारे सर्वोच्चमा अदालतमा रिट परिसकेको छ। संसद विघटन असंवैधानिक भए पनि सर्वोच्चको निर्णय नै स्वीकार्य हुने हामीहरूको निष्कर्ष छ,’ उनले भने।

उनले संसद् पुनर्स्थापना गरेर संवैधानिकबाटै जेनजीले उठाएको विषय सम्बोधन गरेर जानुपर्ने आफूहरू मत रहेको बताए।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसद् विघटन असंवैधानिक रहेको बताए।

एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले वर्तमान सरकार संविधानसम्मत नभएको र उनको नियुक्ति संविधानको कुनै धाराले पनि नटेकेको बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको