Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

यातायात व्यवस्था विभागले लाइसेन्स नवीकरण सेवा छठपछि सुरु गर्ने

Reporter

licence

आन्दोलनको क्रममा आगजनी भएको यातायात व्यवस्था विभागले छठपछि मात्र नियमित सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

हाल पुरानो पार्किङ स्थलबाट सीमित सेवा सञ्चालन गर्दै आएको विभागले छठपछि सवारी चालक अनुमति पत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो ।

विभागले आवश्यक मेसिन उपकरणहरूको प्रबन्ध मिलाइसकेकाले छठपछि सेवा सञ्चालन गर्ने बताएको छ ।

नयाँ लाइसेन्स छपाइको काम भने तत्काल सुरु नहुने बताइएको छ । छपाइ कार्ड र प्रिन्टर नयाँ खरिद गर्नुपर्ने भएकाले केही नयाँ लाइसेन्स वितरण गर्न अझै केही महिना लाग्ने छ ।

विभागका अनुसार आगजनीका कारण क्षति पुगेको भवन मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासंघ र नेपाल अटो मोबायल्स इम्पोर्ट्स तथा रङ्रोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने जनाएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको