Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

राष्ट्रियसभाको अधिवेशन आजदेखि ओलीको रणनीतिक प्रहार : एमाले चुनावी टिकटबाट चर्चित नेताहरू बाहिर बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै

जेनजीद्वारा राजनीतिक दलहरूलाई निर्वाचनमा सहभागी हुन आह्वान

Reporter

जेनजी नेपाल (Gen.Z Nepal) ले देशलाई संवैधानिक र राजनीतिक संकटबाट जोगाउन सबै राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा सहभागी हुन आह्वान गरेको छ।

बिहीबार विभिन्न विचार समूहका करिब ७० युवाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै निष्पक्ष र समयबद्ध निर्वाचन नै संकट समाधानको एकमात्र बाटो भएको उल्लेख गरेका छन्।

‘अबको राजनीति क्रोध वा प्रतिशोधको होइन, तर्क, विचार र संवादको हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ता नयाँ, शान्तिपूर्ण र तर्कपूर्ण राजनीतिक संस्कृतितर्फ देशलाई डोर्‍याउन प्रतिबद्ध छ।’

जेनजी नेपालले हिंसात्मक व्यवहार अस्वीकार गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्धता जनाएको छ।

त्यसैगरी, भदौ २३ र २४ गते भएका दमन, आगजनी, लुटपाट, तोडफोड र हातहतियार कब्जा जस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कानुनी कारबाहीमा ल्याउन माग गरेको छ। साथै, शान्तिपूर्ण आन्दोलन र आपराधिक घुसपैठबीच स्पष्ट भेद गर्नुपर्ने पनि जेनजी नेपालले जोड दिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको