Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

जेनजी आन्दोलपछि एमालेभित्र ओलीमाथी दबाव ,नेतृत्व परिवर्तनको माग तिव्र

Reporter

पार्टी निर्देशन र अनुशासनविपरीत बोले वा गतिविधि गरे कडा कारबाही गर्ने भनाइ दोहोर्याउँदै आएको नेकपा (एमाले) भित्र अध्यक्ष केपी शर्मा ओलीको प्रभाव भने जेनजी आन्दोलनपछि कमजोर सुनिन थालेको छ । केन्द्रीय सदस्यहरूले नै उनलाई गल्ती स्विकारेर नेतृत्व छाड्न र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खुलाउन दबाब दिन थालेका छन् ।

दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा धेरै सदस्यहरूले जेनजी आन्दोलनका मागप्रति संवेदनशील हुनुपर्ने, पार्टीको आत्मसमीक्षा गर्नुपर्ने र नेतृत्वमा परिवर्तनको आवश्यकता औंल्याएका छन् । ओलीले मंसिर अन्तिम साता महाधिवेशन गर्ने विशेष प्रस्ताव राखे पनि त्यो प्रस्तावलाई बहुमतले अस्वीकार गर्दै धेरै सदस्यहरूले उनलाई ‘अभिभावकको भूमिकामा बस्न’ सुझाव दिएका छन् ।

सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले समेत ओलीको राजीनामा माग गरेका थिए । अन्य सदस्यहरूले पार्टीमा नयाँ पुस्ताको सहभागिता बढाउन, ६०–४० को अनुपातमा नेतृत्व बाँडफाँट गर्न, र पूर्वराष्ट्रपति भण्डारीलाई पुनः सक्रिय भूमिकामा ल्याउन सुझाव दिए ।

केही सदस्यहरूले भदौ २४ को आन्दोलनमा पार्टी कार्यकर्ताको संलग्नता भएको दाबी गर्दै छानबिन माग गरे भने अर्का सदस्यहरूले ओलीको राष्ट्रवादी अडानका कारण एमालेमाथि देशी–विदेशी षड्यन्त्र भएको तर्क गरे ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा १३४ सदस्यले धारणा राखे । निष्कर्षतः बैठक संसद् पुनर्स्थापनाको पक्षमा उभिएको छ भने जेनजी आन्दोलनबारे वस्तुनिष्ठ छानबिन र नयाँ आयोग गठनको माग गरिएको छ । ओलीको भविष्य भने आगामी महाधिवेशनले टुंग्याउने भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको