Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

सीके राउतको पार्टी विभाजनविरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश

Reporter

dr ck raut

सर्वोच्च अदालतले पार्टी विभाजनविरुद्ध जनमत पार्टीका अध्यक्ष सीके राउतको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले राउतको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अहिलेसम्म भएका निर्णय यथास्थितिमा राख्न भनेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश भएको छ । इजलासबाट दुवै पक्षलाई डाकेर सुनुवाइका लागि कात्तिक १७ को पेसी तोकिएको छ ।

जनमत पार्टीलाई फुटाएर दीपक साहले जनस्वराज पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको