काठमाडौंमा तिहारको देउँसीभैलो राति ९ बजेपछि खेल्न नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक विज्ञप्ति जारी गर्दै ९ बजेपछि देउँसीभैलो खेल्न रोक लगाएको हो ।
प्रशासनले देउँसीभैलो लगायतका कार्यक्रम मर्यादित रुपमा खेल्न आग्रह गरेको छ । साथै देउँसी भैलो खेल्दा पनि कहि कतैबाट गुनासो नआउने गरी मात्र खेल्न भनेको छ ।
सार्वजनिक आवागमन हुने सडक मार्ग अवरोध हुनेगरी खेल्न नपाइने सहायक जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रशासनले तिहारमा पटकालगायतका विष्फोटक पर्दाथ बिक्रीवितरण तथा प्रयोगमा पनि रोक लगाएको छ ।
लोकप्रिय समाचार

