जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय, सिंहदरबार र प्रधानमन्त्री निवासलगायतका संवेदनशील क्षेत्रमा दुई महिनाका लागि सभा, जुलुस र प्रदर्शन गर्न निषेध गरेको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने आदेश जारी गरेका छन्। यो निषेधाज्ञा कार्तिक १ देखि मंसिर अन्त्यसम्म लागू हुनेछ।
प्रशासनले अशान्ति, तोडफोड र आगजनीको सम्भावना जनाउँदै विगतदेखि नै लागू आदेशलाई निरन्तरता दिएको जनाएको छ।
लोकप्रिय समाचार

