
माघ—६, चितवन।
जबरर्जस्ती करणी मुद्दामा काठमाडौँ स्थित केन्द्रीय कारागार थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।
क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी–८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानएका छन ।
विकलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौँ स्थित केन्द्रीय कारागारबाट चितवन पुर्याइएको थियो ।
एघार वर्ष कैद भुक्तान गर्नुपर्ने अदालतको आदेश सहित विकलाई वि.सं २०७३ चैत १२ गते जेल चलान गरिएको थियो ।

लोकप्रिय समाचार