Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

झुटा कुरा गर्नेका मुख थाक्छन, लेख्नेका कलम सुक्छन्: प्रधानमन्त्री केपी ओली

admin

माघ—६, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताएका छन् ।

नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका कांग्रेसका पूर्वसांसद तीर्थराज भुसाललाई शनिबार पार्टीमा स्वागत गर्दै उनले सरकार हरेक दिन नयाँ–नयाँ काम गर्दै अघि बढेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले भने–‘मुलुकले नयाँ–नयाँ उपलब्धि हासिल गरेको छ । विकास निर्माणका कामले तीव्रता पाएको छ । भौतिक संरचना धमाधम बन्न थालेका छन् ।’

देश र जनताको पक्षमा निष्ठापूर्वक अघि बढ्न आग्रह गर्दै उनले मुलुकलाई छिट्टै समृद्ध बनाउनु आफ्नो पार्टीको संकल्प भएको बताए ।

सरकारले अग्रगामी नीति लिएको दोहोर्‍याउँदै प्रधानमन्त्री ओलीले भने–‘ती परिणामले देखाएका छन् । झुटा कुरा गर्नेका मुख थाक्छन्, लेख्नेका कलम सुक्छन् । उपलब्धि थप बलियो बनेर आउँछ ।’

नेपाल सबैभन्दा तीव्र आर्थिक वृद्धिदर भएको मुलुककारुपमा देखिन लागेकामा अचम्म नमान्न अनुरोध गर्दै प्रधानमन्त्रीले सरकार तीव्र आर्थिक विकास गर्दै सन् २०३० भित्र दीगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यका साथ अघि बढेको बताए ।

उनले भने–‘नेपाली जनताको प्रतिव्यक्ति आयमा बढोत्तरी आएको छ । ८५० डलर प्राप्त गर्ने नागरिकले अब एक हजार डलर पाउन थालेका छन् । हामी आँकडामा खेल्ने होइन, परिणाम दिने गरी अघि बढेका छौं । नेकपा आँकडामा परिवर्तन गर्ने पार्टी हो ।’

वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा कानुन निर्माण तथा संरचनाको व्यवस्थापन गर्दा विकास निर्माणमा केही सुस्तता देखिएको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले अब मुलुकको विकासले गति लिने दाबी गरे ।

उनले भने–‘विकास र समृद्धिले तीव्र गति लिन्छ । असाधारण तवरबाट मुलुकको आर्थिक तथा सामाजिक विकास गरिन्छ । सरकार सुशासन र विकासमा केन्द्रित भएको छ ।’

‘नेकपाप्रति विश्वास बढ्दो छ’

पार्टी एकता भएको लामो समय बितिसक्दासमेत यसले पूर्णता नपाएको यथार्थ दुवै अध्यक्षले महसुस गरेको बताउँदै उनले अबको केही दिनभित्रै पार्टी एकताले अन्तिमरुप पाउने विश्वास व्यक्त गरे ।

नेकपाप्रति जनता, राजनीतिक कार्यकर्ता र सचेत नागरिकको विश्वास बढेको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने–‘नेकपाले देशलाई समृद्धिमा लैजान्छ । हामी कसैकाविरुद्ध एक शब्द पनि बोल्दैनौं । झुट बोल्दैनौं । आरोप पनि लगाउँदैनौं र सही कुरा आवश्यक मात्रामा भन्छौं । त्यसैले त नेकपाप्रति विश्वास बढ्दो छ ।’

नवप्रवेशीलाई पार्टीभित्र उचित जिम्मेवारी दिइने उल्लेख गर्दै उनले नयाँ सदस्य थपले नेकपा झन् एकताबद्ध भएको बताए ।
(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको