Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

क्षतिग्रस्त हायात होटल बन्द

Reporter

जेनजी आन्दोलनका क्रममा तोडफोड भएपछि पाँचतारे हायात रिजेन्सी होटल सञ्चालनमा आउन सकेको छैन । दर्जनौं कोठा र लबीमा व्यापक क्षति पुगेकोले आवश्यक मर्मत र पुनर्निर्माणको काम पूरा नहुँदासम्म होटल बन्द रहने भएको छ ।

करिब २५ वर्षदेखि सञ्चालन हुँदै आएको हायात होटल बन्द भएको खबर आएपछि अर्थमन्त्री रामेश्वर खनालले होटल व्यवस्थापनसँग छलफल गर्दै उच्च मनोबलका साथ सेवा सुचारु गर्न आग्रह गर्नुभएको छ । होटल व्यवस्थापनले श्रमिक सुरक्षा र मर्मत कार्यलाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्म सम्पूर्ण श्रमिकलाई होटल परिसरमा उपस्थित नहुन आग्रह गरेको छ ।

होटल बन्द भएपछि करिब २ सय पूर्णकालीनसहित करिब ५ सय कर्मचारीको रोजगारी प्रभावित भएको छ । व्यवस्थापनले श्रमिकसँग आपसी वार्ता गर्दै कानूनअनुसार सेवा सुविधा र पारिश्रमिक सुनिश्चित गर्ने जनाएको छ । हायात रिजेन्सीमा करिब ३ सय वटा कोठा रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको