Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बाढीले बगाउँदा महिला बेपत्ता वर्तमान सरकार असफल भइसक्यो : उपेन्द्र यादव जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ १५ मिटरभित्रका संरचना हटाउन महानगर र विभागको ‘अल्टिमेटम’

नेपाली कांग्रेसका पूर्व-सांसद तथा चितवन जिल्लाका पूर्वसभापति नेकपा प्रवेश

admin

माघ—६, काठमाडौं ।

नेपाली कांग्रेसका पूर्वसांसद तीर्थराज भुसाल कांग्रेस परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस चितवन जिल्लाका पूर्वसभापतिसमेत रहेका भुसाललाई स्वागत गरे ।

भुसाल २०४९ सालमा नेपाली कांग्रेसको चितवन जिल्ला सभापति भएका थिए ।

त्यस्तै, २०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र २०५१ सालको आमनिर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए ।

नेकपा प्रवेश गर्दै भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताए ।

उनले भने–‘नेपाली कांग्रेसले मुलुकको समृद्धि गर्न सकेन । सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्नसक्छ ।’

उनले कांग्रेस कार्यकर्तालाई पनि समृद्ध नेपाल निर्माण गर्ने अभियानमा नेकपाको छातामुनि गोलबन्द हुन आग्रह गरे ।
(रासस)


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको