Logo
18 Jan 2026    ५ माघ २०८२, आईतवार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

आयोजकले अमेरिकामा कलाकारलाई सम्मान होइन ‘नोकर’ झैँ व्यवहार गरे : एलिना चौहान

Reporter

गायिका एलिना चौहानले आफ्नो अमेरिका यात्रा सुखद् नरहेको बताएकी छन् । तीन महिना लामो सांगीतिक यात्राका क्रममा आफूलाई कार्यक्रम आयोजकले ‘नोकर’ झैँ व्यवहार गरेको बताएकी छन् ।

आफूले अपमान व्यहोर्नु परेको र कैदी झैँ व्यवहार गरिएको उनले प्रष्ट पारेकी छन् । यो यात्राले आफूलाई ठूलो पाठ सिकाएको उनले प्रष्ट पारेकी छन् ।

“जस्तो छ, त्यस्तै भन्छु– यो टुर मेरो लागि ठूलो सिकाइ बन्यो । कलाकारलाई सम्मान होइन, नोकरझैँ व्यवहार गरियो । कसैले कैदीझैँ महसुस गर्‍यो, कसैले अपमान सहनु पर्‍यो,” एलिना लेख्छिन्, “एउटा कुरा स्पष्ट भन्न चाहन्छु, आयोजक भनेको कलाकारको संरक्षक हो, मालिक होइन ।”

एलिनाले कलाकारले धनभन्दा बढी इज्जत, व्यवहार र कदर खोज्ने पनि उनले प्रष्ट पारेकी छन् । “नराम्रा अनुभवले धेरै कुरा सिकायो । अब कुनै कलाकारले यस्तो अपमान भोग्न नपरोस्,” एलिनाले फेसबुकमा लेखेकी छन् ।

फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा भएको सांगीतिक कार्यक्रम ‘अब सुन्छ अमेरिका’मा एलिनाले आफ्नो प्रस्तुति दिएकी थिइन् । यो क्रार्यक्रम सकेर फर्किने क्रममा एलिनाले आयोजकप्रति असन्तुष्टि जनाएकी हुन् ।

सन् २०२५ को अगस्ट, सेप्टेम्बर र अक्टोबरमा अमेरिकाको न्युयोर्क, डालस टेक्सास, अस्टिन, नियाग्राफल्स, बोस्टन, न्यू ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो, सन फ्रान्सिस्को आदि ठाउँमा सांगीतिक कार्यक्रम भएको थियो । तीन महिना लामो सांगीतिक कार्यक्रममा एलिनासँगै बद्री पंगेनी र प्रताप दास पनि थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको