मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवातका कारण बिहीबार साँझदेखि पर्सा, बारा, रौतहट, सर्लाहीसहित वाग्मती प्रदेशमा भारी वर्षा हुने सम्भावना छ। गण्डकीमा समेत मध्यमदेखि भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने उनले बताएका छन्।
उपाध्यायले रोल्वालिङ, सगरमाथा, मकालु–बरुण क्षेत्रमा शुक्रबारसम्म पदयात्रा नगर्न र बीपी राजमार्ग, पृथ्वी राजमार्ग तथा काठमाडौं–हेटौँडा सडकमार्गमा यात्रा नगर्न सुझाव दिएका छन्।
उनका अनुसार बुधबारदेखि मौसममा सुधार आउने भए पनि बिहीबारदेखि पुनः वर्षा र हिमपातको प्रभाव बढ्नेछ। शनिबारदेखि भने पुनः घमाइलो र सामान्य मौसम रहने जनाइएको छ।
लोकप्रिय समाचार

