Logo
12 Nov 2025    २७ कार्तिक २०८२, बुधबार

ताजा खबर

भदौ २३ गते जेनजी विद्यार्थी हत्यामा तत्कालिन ओली सरकार दोषीः एमाले उपाध्यक्ष पाण्डे ‘फेस अफ जुनियर मोडल सिजन १’ को ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त भारतीय कलाकार धर्मेन्द्रको निधनको खबर गलत, छोरीले भनिन् ‘अवस्था स्थिर छ’ सुन तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो पशुपति क्षेत्र विकास संकट: कार्यकारी निर्देशक जोशी सदस्य सचिव पदको लागि विवादमा, ठेकेदार र राजनीतिक दबाब सक्रिय

नेतान्याहूको आदेशमा गाजामा पुनः आक्रमण, युद्धविराम संकटमा

Reporter

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सेनालाई गाजामा आक्रमण गर्न आदेश दिएका छन्। इजरायलले हमासमाथि युद्धविराम सम्झौता तोड्दै राफा क्षेत्रमा इजरायली सेनामाथि गोली चलाएको आरोप लगाएको छ।

सुरक्षा सल्लाहकारहरूसँगको छलफलपछि नेतान्याहूले आक्रमणको आदेश दिएका हुन्, जसले गाजाको अवस्था फेरि तनावपूर्ण बनाएको छ। करिब २० दिनअघि मात्रै इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको थियो।

नेतान्याहूले हमासमाथि फिर्ता गर्नुपर्ने इजरायली बन्धकको शव गलत रूपमा फिर्ता गरेको आरोप पनि लगाएका छन्। हमासले भने इजरायली आक्रमणकै कारण शव फिर्ता प्रक्रिया रोकिएको दाबी गरेको छ।

गाजामा अझै १३ जना बन्धकका शव हराइरहेका छन्। इजिप्टले खोजीमा सहयोगका लागि विज्ञ र मेसिन पठाएको छ।

इजरायली मिडियाका अनुसार नेतान्याहूले गाजामा मानवीय सहायता रोकिने, कब्जा विस्तार गर्ने वा हमास नेताहरूलाई लक्षित हवाई आक्रमण गर्ने विकल्पहरूबारे पनि विचार गरिरहेका छन्।

यसैबीच, वेस्ट बैंकको जेनिनमा इजरायली सेनाको छापामा तीन प्यालेस्टिनी लडाकू मारिएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार दुई वर्ष लामो युद्धमा ६८ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको