Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

प्रधानमन्त्रीले बोलाइन् दल र जेनजीका प्रतिनिधिसँग त्रिपक्षीय बैठक

Reporter

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने ध्येयका साथ प्रधानमन्त्री सुशीला कार्कीले आज सरकार, प्रमुख राजनीतिक दल र जेनजीका विभिन्न समूहका प्रतिनिधिहरू सम्मिलित एक महत्त्वपूर्ण त्रिपक्षीय बैठकको आयोजना गर्दैछिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बस्नेगरी बोलाइएको यो बैठकलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । गत भदौ २७ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेकी कार्कीले यसअघि तिहारअघि दलका प्रतिनिधिहरूसँग छलफल गरेकी थिइन्, तर जेनजीका प्रतिनिधिहरूलाई भने पहिलो पटक एकै मञ्चमा राखेर छलफल गर्न लागेकी हुन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको माहोल सिर्जना गर्न र सबै पक्षको सहभागिता सुनिश्चित गर्न यो संयुक्त बैठक आयोजना गरिएको हो । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफलको क्रम जारी रहेको जानकारी दिए ।  बैठकमा मुख्यतया आगामी निर्वाचनलाई समयमै सम्पन्न गर्न सबै पक्षले आ-आफ्नो क्षेत्रबाट खेल्नुपर्ने भूमिका, परिवर्तित राजनीतिक तथा सामाजिक परिस्थितिमा जेनजीले उठाएका जायज मागहरूलाई सम्बोधन गर्ने उपायहरू र समग्रमा राष्ट्रिय सहभागिताको अभिवृद्धि गर्नेलगायतका विषयमा गहन छलफल हुने अपेक्षा गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको