Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

सोलुखुम्बुमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

Reporter

सोलुखुम्बुको उच्च हिमाली क्षेत्र लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर बुधबार बिहान दुर्घटनामा परेको छ। लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टर चिप्लिएर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेका अनुसार, बिहान ८:१५ बजे भएको उक्त घटनामा हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल रहेका छन्। हेलिकप्टरमा पाइलटबाहेक अन्य यात्रु नरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले पुष्टि गरेका छन्।

लुक्ला विमानस्थलका अनुसार, अल्फा माइक सेरा कलसाइन रहेको उक्त हेलिकप्टर अवतरणका क्रममा हेलिप्याडमा चिप्लिएपछि सामान्य क्षति पुगेको हो। प्रहरी र स्थानीय प्रशासनले घटनाको विस्तृत विवरण संकलन गरिरहेको र थप जानकारी केही बेरमै सार्वजनिक गरिने जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको