Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

संकटमा नेतृत्व देखाएका एआईजी कार्की षड्यन्त्रको निशानामा

Reporter

नेपाल प्रहरीको ३३औँ महानिरीक्षक  नियुक्तिको मिति नजिकिँदै जाँदा, एआईजी दान बहादुर कार्कीविरुद्ध योजनाबद्ध षड्यन्त्र सुरु भएको पाइएको छ। प्रहरी संगठनमा लामो अनुभव र संकटका समयमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अधिकारीका रूपमा परिचित कार्की अहिले आफ्नै प्रतिस्पर्धी र बिचौलियाहरूको निशानामा परेका छन्।

भदौ २४ गते उपत्यकामा उत्पन्न संवेदनशील अवस्थाका बीच अन्य एआईजीहरूले जिम्मेवारी लिन अस्वीकार गरेपछि कार्कीले उपत्यका प्रमुखको जिम्मेवारी सम्हालेका थिए। उनले तत्काल सुरक्षा संयोजन गर्दै संगठनलाई संकटबाट निकास दिलाएका थिए, जसले उनको नेतृत्व क्षमताप्रति विश्वास बढाएको थियो।

हालका एआईजीहरूमध्ये बरियतामा र कार्यसम्पादनमा अग्रस्थानमा रहेका कार्की सरकारको दृष्टिमा ३३औँ महानिरीक्षक का लागि सबैभन्दा बलियो दावेदारका रूपमा देखिएका छन्। यही सम्भावनाले उनका प्रतिद्वन्द्वीहरू र केही बिचौलियाहरू सक्रिय बनेको र कार्कीविरुद्ध नकारात्मक प्रचार अभियान सञ्चालन गर्न थालेको स्रोतहरूले जनाएका छन्।

सूत्रका अनुसार, कार्कीको बढुवा रोक्नका लागि विभिन्न माध्यममार्फत भ्रम फैलाउने, नकारात्मक समाचार प्रकाशित गराउने र ती सामग्रीलाई सामाजिक सञ्जालमा ‘बुस्ट’ गर्ने कार्य भइरहेको छ।

यसअघि ३०औँ, ३१औँ र ३२औँ महानिरीक्षकहरू बरियता र कार्यसम्पादनकै आधारमा नियुक्त भएका उदाहरणलाई हेर्दा, कार्की स्वाभाविकरूपमा प्रमुख दावेदार देखिन्छन्। तर, उनको बढ्दो सम्भावनासँगै प्रतिस्पर्धीहरूद्वारा नियोजितरूपमा उनलाई विवादित देखाउने प्रयास तीव्र रूपमा अघि बढिरहेको संकेत मिलेको छ।

प्रहरी संगठनभित्रका जानकारहरूका अनुसार, “कार्की संकटमा अगाडि सर्ने र संस्थाको मर्यादा जोगाउने प्रकारका अधिकारी हुन्। उनको बढुवा प्रक्रिया निष्पक्ष हुन जरुरी छ, ताकि संगठनभित्र मापदण्ड र योग्यताको संस्कृति कायम रहोस्।”


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको