रेशमलाल चौधरीको नयाँ पार्टी ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि निवेदन
Reporter
काठमाडौं — नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले घोषणा गरेको नयाँ राजनीतिक दल नागरिक उन्मुक्ति पार्टी नेपाल’ले दर्ताका लागि बिहीबार निर्वाचन आयोगमा निवेदन दिएको छ। पार्टीका नेता दीप तामाङका अनुसार दर्ताका लागि निवेदनसँगै चुनाव चिह्न ‘जाँतो’ प्रस्ताव गरिएको छ।
यसअघि नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनबाट चुनिएका अधिकांश केन्द्रीय सदस्य नयाँ पार्टीमा समावेश भएका छन्। चौधरीले भने, “पार्टी विभाजन होइन, नयाँ सुरुवात हो।”
उनका अनुसार नागरिक उन्मुक्ति पार्टीको ‘ढकिया’ चिह्नबाट निर्वाचित सांसदहरू र स्थानीय जनप्रतिनिधि भने नयाँ पार्टीमा आवद्ध भएका छैनन्।
चौधरीले भदौ २९ गते अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीसँग मतभेदपछि नयाँ पार्टी गठनको घोषणा गरेका थिए।