Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

अनलाइन सञ्चारमाध्यम सञ्चालनमा शुल्क तोकियो

Reporter

अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणका लागि शुल्क तिर्नु पर्ने भएको छ। सरकारले ‘छापाखाना र प्रकाशनसम्बन्धी नियमावली’ संशोधन गर्दै सञ्चारमाध्यमको दर्ता र नवीकरणमा शुल्क लागू गरेको हो।

संशोधित व्यवस्थाअनुसार अनलाइन सञ्चारमाध्यम दर्ताका लागि पाँच हजार रुपैयाँ शुल्कसहित आवेदन दिनुपर्नेछ। त्यस्तै, प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने र नवीकरण शुल्क दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ।

नयाँ नियमावलीले यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता हुँदै आएका पत्रपत्रिका र अनलाइनहरू अब सूचना तथा प्रसारण विभागमार्फत दर्ता तथा नियमन हुने व्यवस्था गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै संशोधित नियमावली कार्यान्वयनमा ल्याएको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको