Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

काठमाडौँको फोहोर नउठ्ने, घर बाहिर ननिकाल्न सूचना

Reporter

काठमाडौँ महानगरपालिका भित्रको फोहोर नउठ्ने भएको छ । काठमाडौँ महानगरपालिकाले फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहोर मैला घर र कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न आग्रह गरेको हो ।

महानगरको वातावरण व्यवस्थापन विभाग आज एक सूचना जारी गर्दै उपत्यकाको फोहोर मैला अन्तिम विसर्जनस्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध उत्पन्न भएकोले हाल फोहोर विसर्जन गर्न नसकिएको जनाएको हो ।

महानगरले फोहोर जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्न अनुरोध गरेको छ । बञ्चरेडाँडामा देखिएको अवरोधका कारण फोहोर ढुवानी र विसर्जन कार्य प्रभावित भएपछि महानगरपालिकाले यो सूचना जारी गरेको हो ।

अर्को सूचना जारी नभएसम्म धैर्य धारण गरी फोहोरलाई व्यवस्थित तरिकाले घरमै राख्न महानगरले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको