Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

काँग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकियो

Reporter

पार्टीको आसन्न महाधिवेशनको कार्यपालिकाबारे सहमति जुटाउन बसेको नेपाली काँग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकिएको छ ।

निर्वाचन अघि गर्ने कि पछि भन्ने विषयमा पार्टी भित्र देखिएको विवाद समाधान गर्न शनिवार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमति जुट्न नसकेको हो ।

समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनले कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरूको मतान्तर सहमतिको नजिक पुगेको पनि आफूले अनुभूति गरेको बताए ।

प्रवक्ता महतले भने ‘पदाधिकारीहरूको बैठक बस्यो । र बैठक टुङ्गियो । जुन हामीले केन्द्रीय कार्य समितिमा छलफल चलाई राखेका छौँ । एउटा सर्वसम्मत निर्णयमा कसरी पुग्ने भन्नेमा हाम्रो सम्पूर्ण छलफल केन्द्रित थियो । धेरै नजिक आएको अनुभव मैले गरेको छु । र, एउटा सहमतिबाटै केन्द्रीय समितिले टुङ्ग्याउँछ । र एउटा समान दुुष्टिकोण बन्छ । र त्यही अनुसार हामी निष्कर्षमा पुग्छौँ भन्ने मलाई लागेको छ । १५ औ महाधिवेशन सम्पन्न गर्ने विषयमा जुन आम निर्वाचन अगाडि गर्दा राम्रो हुन्छ कि आम निर्वाचन पछि गर्दा राम्रो हुन्छ रु भन्ने विषयमा नै मतान्तर हो । यसमा धेरै हिसाबले हामी नजिक आएको महसुस मैले गरेको छु । र, एउटा समान निष्कर्षमा हामी पुग्छौ भन्ने मलाइ लागेको छ ।’

नेपाली काँग्रेसको संस्थापन पक्षले निर्वाचन पछि आगामी वैशाखतिर मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडान राख्दै आएका छन् भने महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मासहितको इतर पक्षले निर्वाचन अघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेपछि चालु केन्द्रीय समितिको बैठक समेत भोलीसम्मका लागि स्थगित गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको