Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

‘अब गाउँछ अमेरिका’ विवादबारे कार्यक्रम व्यवस्थापन संघ, नेपालको गम्भीर ध्यानाकर्षण

Reporter

काठमाडौं । कार्यक्रम आयोजक तथा इभेन्ट व्यवस्थापकहरूको हक, अधिकार र हित संरक्षणका उद्देश्यले स्थापना भएको राष्ट्रिय संस्था कार्यक्रम व्यवस्थापन संघ, नेपालले हालै अमेरिकामा आयोजना गरिएको ‘अब गाउँछ अमेरिका’ कार्यक्रममा उत्पन्न विवादप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।

संघका अध्यक्ष राजेन्द्र लुईटेलले जारी गरेको विज्ञप्तिमा गायिका एलिना चौहान र सो कार्यक्रमका आयोजक संस्था नेपफ्लाईका सञ्चालक विनोद अधिकारीबीच उत्पन्न विवादका समाचार र सामाजिक सञ्जालमा प्रसारित सामग्रीहरूले मनोरञ्जन क्षेत्रमा नकारात्मक सन्देश पुर्‍याएको उल्लेख गरिएको छ।

संघका अनुसार कलाकार र कार्यक्रम आयोजकबीचको सम्बन्ध अत्यन्त घनिष्ठ र सहयोगमूलक हुन्छ, जसलाई “नङ र मासु” जस्तै अविभाज्य सम्बन्धको रूपमा लिन सकिन्छ। संघले कार्यक्रम सञ्चालनका क्रममा कहिलेकाहीँ समस्या वा असमझदारी आउनु स्वाभाविक भए पनि त्यस्ता विषयहरूलाई संवाद, सहमति र संस्थागत माध्यमबाट समाधान गर्नु नै सबै पक्षका लागि हितकर हुने धारणा व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “कुनै पनि सांगीतिक कार्यक्रम वा प्रस्तुति कलाकार र आयोजकबीचको आपसी समझदारी, पारदर्शिता र पेशागत आचरणमा आधारित हुनुपर्छ। व्यक्तिगत मनमुटाव वा आरोप–प्रत्यारोपले कलाकार र आयोजक दुवैको छवि मात्र होइन, समग्र नेपाली मनोरञ्जन उद्योगको विश्वसनीयतामा पनि असर पुर्‍याउँछ।”

संघले यस घटनामा प्रत्यक्ष संलग्न दुवै पक्षलाई पेशागत मर्यादा र आपसी सम्मान कायम राख्दै विवाद समाधान गर्न आग्रह गरेको छ। साथै, आगामी दिनमा यस्ता विवादहरू दोहोरिन नदिनका लागि सबै कलाकार, आयोजक तथा प्रवासमा रहेका संस्थाहरूलाई जिम्मेवार र संयमित व्यवहार अपनाउन आह्वान गरेको छ।

संघले स्मरण गराएको छ कि असमझदारी वा विवादलाई सार्वजनिक रूपमा नकारात्मक रूपमा प्रस्तुत गर्नुले कलाकार, आयोजक र सम्पूर्ण कार्यक्रम व्यवस्थापन क्षेत्रको प्रतिष्ठामा प्रतिकूल असर पार्न सक्छ, जसको परिणामस्वरूप नेपालको मौलिक संस्कृति, कला र सिर्जनात्मक क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वासमा समेत नकारात्मक प्रभाव पर्न सक्छ।

संघले सबै कलाकार र आयोजकहरूलाई आफ्नो पेशाप्रति ईमानदार र मर्यादित रहन आग्रह गर्दै भनेको छ, “कार्यक्रम व्यवस्थापन संघ, नेपाल सधैं कलाकार, आयोजक तथा सम्पूर्ण सिर्जनशील समुदायको सम्मान, हितरक्षा र पेशागत मर्यादा कायम गर्न प्रतिबद्ध रहँदै आएको छ। भविष्यमा अझ व्यवस्थित, पारदर्शी र अनुशासित कार्य–समन्वयका लागि संघ निरन्तर पहल र सहयोग गर्न तयार रहनेछ।”


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको