Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

लोकप्रिय गायक आनन्द कार्की भारतमा सम्मानित

Reporter

लोकप्रिय गायक आनन्द कार्की भारतमा सम्मानित भएका छन्।गायक कार्की चार दशकदेखि नेपालीसँगै अन्य भाषामा गीत गाएर योगदान पुर्‍याएवापत शान्तिवन, भारतमा आयोजित ग्लोबल समिट २०२५ बाट सम्मानित भएका हुन्। भारतका विभिन्न विशिष्ट व्यक्तिसँगै नेपालबाट गायक कार्कीलाई सम्मान गरिएको हो।

कार्यक्रममा गायक कार्कीले गीत संगीत पनि प्रस्तुत गरेका थिए। विश्वभरका विभिन्न नेता, कलाकार र चिन्तकहरूको बीचमा गरिएको सम्मानले आफूलाई गर्वको अनुभूति भएको गायक आनन्द कार्कीले बताए। ‘सम्पूर्ण दर्शक स्रोताको माया र साथले यो सम्मान पाउन सफल भएको छु’ कार्कीले भने।

कार्कीले विभिन्न देशमा सम्पन्न सांगीतिक कन्सर्टहरूमा प्रस्तुत गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली गीत संगीतलाई पुर्‍याउँदै आएका छन्। उनले भारतमा पनि थुप्रै सांगीतिक कार्यक्रममा आप्mना गीत संगीत प्रस्तुत गर्दै आएका छन्। कार्कीले हिन्दी भाषामा पनि थुप्रै गीत र गजल गाएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको