Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

भारतीय कलाकार धर्मेन्द्रको निधनको खबर गलत, छोरीले भनिन् ‘अवस्था स्थिर छ’

Reporter

रतीय चलचित्रका वरिष्ठ अभिनेता धर्मेन्द्रको स्वास्थ्य बिग्रिएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । स्वास्थ्य अवस्था सार्वजनिक भएपछि प्रशंसकदेखि बलिउड कलाकारहरू समेत चिन्तित बनेका छन् र अनेकले अस्पताल पुगेर स्वास्थ्यबारे जानकारी लिएका छन् ।

यसैबीच, धर्मेन्द्रका छोरा तथा अभिनेता सनी देओलले एक विज्ञप्ति जारी गर्दै पिताको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिए । उनले निरन्तर अस्पतालको निगरानीमा राखिएको उल्लेख गर्दै अफवाह नफैलाउन सबैसँग आग्रह गरेका छन् ।

धर्मेन्द्रकी छोरी ईशा देओलले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा अभिनेताको मृत्युको खबरलाई स्पष्ट रूपमा अस्वीकार गरेकी छिन्। उनले लेखेकी छिन्: “मिडियाले पूर्णतया गलत समाचार फैलाइरहेको छ। बुबा स्थिर अवस्थामा हुनुहुन्छ र निको भइरहनुभएको छ। हामी सबैलाई हाम्रो परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौं। बुबाको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद।”

सनी देओलको टिमले जारी गरेको वक्तव्यमा पनि भनिएको छ, ‘धर्मेन्द्रजी स्थिर छन् र चिकित्सकीय अवलोकनमा रहेका छन् । स्वास्थ्यसम्बन्धी थप जानकारी उपलब्ध हुँदै जाँदा साझा गरिनेछ। कृपया कुनै गलत हल्ला नफैलाउनुहोस्। उहाँको छिटो स्वास्थ्य लाभको कामना गर्न अनुरोध गर्दछौं र परिवारको गोपनीयताको सम्मान गरिदिनुहोस् ।’

यसअघि सोमबार धर्मेन्द्रकी पत्नी तथा अभिनेत्री–राजनीतिज्ञ हेमा मालिनीले समेत सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्था बारे जानकारी दिँदै सबैलाई चाँडै निको होओस् भनी प्रार्थना गर्न अनुरोध गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘धर्मजी अवलोकनका लागि अस्पतालमा हुनुहुन्छ। लगातार निगरानीमा राखिएको छ र हामी सबै उहाँसँगै छौ ं। उहाँको शीघ्र स्वास्थ्य लाभको प्रार्थना गरिदिनुहोस्।’

सोमबार साँझ सनी देओल, बॉबी देओल, करण देओल र राजवीर देओललगायत परिवारका सदस्यहरू अस्पताल पुगेका थिए । साथै, सलमान खान, गोविन्दा, अमीषा पटेललगायत बलिउड कलाकारहरू पनि धर्मेन्द्रलाई भेट्न पुगेका छन् ।

धर्मेन्द्रले ‘शोले’, ‘सीता और गीता’, ‘जुगनु’, ‘फूल और पत्थर’, ‘यादों की बारात’, ‘धर्म वीर’ लगायतका अनेक हिट चलचित्रमा अभिनय गर्दै बलिउडमा अमिट पहिचान बनाएका छन् ।

२०२३ मा उनी करन जोहर निर्देशित ‘रक्की और रानी की प्रेम कहानी’मा देखिएका थिए। अब उनले ‘इक्कीस’ नामक फिल्ममा अभिनय गर्नेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको