Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

भदौ २३ गते जेनजी विद्यार्थी हत्यामा तत्कालिन ओली सरकार दोषीः एमाले उपाध्यक्ष पाण्डे

Reporter

जेजनी पुस्ताको आन्दोलनका क्रममा भदौ २३ गते गोली चलाएर २२ जनाको हत्यामा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार दोषी रहेको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ठोकुवा गरेका छन्।

बुभबार चितवनमा पत्रकारसँगको कुराकानीका क्रममा उनले धरहरा बनाएको जस लिनेले गोली हानेको अपजसको भागीदारी पनि सहनुपर्ने बताएका हुन्।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘गोली कसले चलाएको थाहा छैन’ भन्नु गलत रहेको बताएका पाण्डेले भने,‘धरहराचाहिँ ओली सरकारले बनायो भन्ने अनि गोली चलाएकोचाहिँ नैतिक जिम्मा नलिने भन्ने हुन्न।’

२३ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै पाण्डेले भदौ २४ गतेको घटना पनि अक्षम्य रहेको बताए।

देशमा कानूनी शासन स्थापित गर्न पनि दुवै दिनका घटनाका दोषीले उन्मुक्ति पाउनु नहुने पाण्डेको भनाइ छ।

जेन–जी आन्दोलन एमालेको भलीभाँति कमजोरीको उपज भएको दाबी गरेका छन्। पार्टी र सरकारका संयन्त्रलाई यति ठूलो आन्दोलन र विध्वंसको सूचना नहुनु कमजोरी रहेको उनले बताए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको