Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त

Reporter

मधेश प्रदेश सभाका ५ जना सदस्य पदमुक्त भएका छन्। प्रदेश सभामा लगातार १० वटा बैठकमा अनुपस्थित रहेको भन्दै सभामुख रामचन्द्र मण्डलले ५ जनालाई प्रदेश सभा सदस्यबाट पद मुक्त गरेका हुन्। मधेस प्रदेश सभा सचिवालयले बिहीबार राती जारी गरे पत्रअनुसार पदमुक्त हुनेमध्ये ४ जना उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका र १ जना नागरिक उन्मुक्ति पार्टीका सांसद छन्। सभामुख रामचन्द्र मण्डलमाथि अविश्वास प्रस्ताव दर्ता भएपछि उनले ५ जना सांसदलाई कारबाही गरेका हुन्। पदमुक्त हुनेमा उर्मिला देवी सिंह, मनीषकुमार सुमन, संजयकुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको