Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान

Reporter

काठमाडौं । राजधानीस्थित नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न ६औँ जिनियस म्युजिक अवार्ड २०८१ तथा एचिभमेन्ट अवार्ड २०२५ कार्यक्रमका क्रममा चर्चित नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ द्वारा सम्मान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाको विशेष आतिथ्यमा सम्पन्न सो समारोहले देशभरका संगीत, नृत्य तथा कला क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई सम्मानित गरेको थियो।

लामो समयदेखि नृत्य क्षेत्रमा निरन्तर सक्रिय रहँदै आफ्नो सिर्जनात्मक कोरियोग्राफीमार्फत नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ पहिचान स्थापित गर्न सफल फेमस डान्स कोरियोग्राफर सन्दीप भुजेलले प्राप्त सम्मानलाई आफ्नो पेशागत समर्पण र निरन्तर मिहिनेतको प्रतिफलको रूपमा लिएको बताउनुभयो। सम्मान ग्रहण पश्चात उहां भन्नुहुन्छ ,
“नृत्य क्षेत्रमा मैले गरेको योगदानको कदर गर्दै प्राप्त यो सम्मान मेरो लागि ठूलो गर्व र प्रेरणाको क्षण बनेको छ। यसले आगामी दिनमा अझ राम्रो काम गर्न हौसला प्रदान गरेको छ।”

सन्दीप भुजेलले विगत लामो समयदेखि नेपालका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता, डान्स शो तथा टेलिभिजन कार्यक्रमहरूमा कोरियोग्राफरको रूपमा महत्वपूर्ण योगदान दिँदै आउनुभएको छ।

उहाँले नृत्यलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई एक व्यवस्थित, मर्यादित र सम्मानित पेशाको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ।

कार्यक्रम  आयोजक रमेश पाठकको सभापतित्वमा सम्पन्न यस समारोहमा विभिन्न विधाका कलाकार, प्रतिष्ठित व्यक्तित्व, मिडिया प्रतिनिधि तथा नृत्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको