Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

नवौँ अक्षरा मोडेल युनाइटेड नेसन्स सुरु

Reporter

काठमाडौँ, कात्तिक २८,अक्षरा स्कूलद्वारा आयोजना गरिएको नवौँ अक्षरा मोडेल युनाइटेड नेसन्स (AMUN) बिहीबारदेखि सुरु भएको छ। उपत्यकाभित्रका नौवटा विद्यालयका ८, ९ र १० कक्षामा अध्ययनरत २०५ विद्यार्थी सहभागी तीनदिने कार्यक्रमको उद्घाटन व्यवसायी तथा पद्मज्योति समूहका अध्यक्ष सौरभ ज्योतिले गरेका छन्।

विद्यालयले कक्षाकोठाले मात्र नपुग्ने अतिरिक्त ज्ञान, अन्तर्राष्ट्रिय बुझाइ र जीवनोपयोगी सीप विकासका उद्देश्यले हरेक वर्ष एएमयूएन आयोजना गर्दै आएको जनाएको छ। एएमयूएनका सल्लाहकार अनमोल घिमिरेका अनुसार यस्ता गतिविधिले विद्यार्थीलाई विश्वस्तरीय जनशक्ति बन्ने आधार प्रदान गरिरहेको छ। संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त शैक्षिक मञ्च ‘मुन’मा विद्यार्थी विभिन्न देशका प्रतिनिधि बनेर अन्तर्राष्ट्रिय नीति, दृष्टिकोण अध्ययन गर्दै विश्व समस्या र समाधानका विषयमा छलफल गर्छन्।

यस वर्षकाे एएमयूएनमा उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीले दैनिक सत्र अवलोकन गर्ने विद्यालयले जनाएको छ। कात्तिक ३० गतेसम्म चल्ने कार्यक्रममा विद्यार्थीहरूले निम्न committees मा बहस र कूटनीतिक अभ्यास गर्नेछन् । संयुक्त राष्ट्र सुरक्षा परिषद् सामाजिक, मानवीय तथा सांस्कृतिक समिति संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक परिषद् लैङ्गिक समानता तथा महिला सशक्तीकरण समिति संयुक्त राष्ट्र मानव अधिकार परिषद् शरणार्थीका लागि संयुक्त राष्ट्र संघीय उच्चायुक्त संयुक्त राष्ट्र वातावरण कार्यक्रम अपराध रोकथाम तथा फौजदारी न्याय आयोग अन्तर्राष्ट्रिय प्रेस कार्यक्रमको संयोजन विद्यार्थीहरूले नै गर्ने व्यवस्था मिलाइएको छ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि सौरभ ज्योतिले युवाहरूले चुनौतीबाट नडराई समाधान खोज्दै अघि बढ्नुपर्ने बताए। “ठूला सपना देख्नुस्, १० वर्षे लक्ष्य बनाएर प्रत्येक घण्टा र दिन सचेत भएर अघि बढ्नुस्,” उनले भने। राजनीतिक परिवर्तन, आर्थिक असमानता र सामाजिक विभाजनले नयाँ पुस्तामाथि पारिरहेको असरबारे चिन्ता व्यक्त गर्दै उनले युवाले समुदायको हितलाई लक्ष्यमा राख्नुपर्नेमा जोड दिए।

फेका अध्यक्ष श्रीराम दाहालले एएमयूएनले भावी पुस्तालाई कूटनीतिक सीप, संवाद, संस्कृति आदानप्रदान र नेतृत्व विकासमा ठूलो योगदान दिने बताए। “वास्तविक विश्वका चुनौतीहरू बुझ्न विद्यार्थीलाई यो एक महत्वपूर्ण अवसर हो,” उनले उल्लेख गरे। कार्यक्रमकी मुख्य वक्ता तथा युएन प्रवक्ता रेश्मी सुनारले एएमयूएनले दिगो विकासका लक्ष्यसँग सम्बन्धित शिक्षा, समानता र वातावरणीय चेतना अभिवृद्धि गराउने बताइन्। अनुसन्धान र नवप्रवर्तनशील सोच विकासमा यस्ता कार्यक्रम महत्वपूर्ण रहेको उनको टिप्पणी थियो। कार्यक्रममा फेका अध्यक्ष श्रीराम दाहाल, काठमाडौं प्याब्सन अध्यक्ष नवराज भट्ट, कागेश्वरी प्याब्सनका अध्यक्ष कृष्ण गौतम, सामुदायिक रेडियो प्रसारक संघ नेपालका कार्यक्रम व्यवस्थापक विशाल भट्टराईसहित विभिन्न विद्यालयका प्रमुख तथा प्रतिनिधि उपस्थित थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको