Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

एकै महिनामा २ खर्ब रेमिट्यान्स भित्रियो

Reporter

असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा ७९ प्रतिशतले धेरै हो ।

असोज महिनामा ठूला चाडबाड धेरै हुने भएकाले विदेशमा रहेका नेपालीले स्वदेशका परिवारमा खर्च पठाउने गर्छन् । यसले पनि रेमिट्यान्स आप्रवाहमा सुधार आएको हो । गत आर्थिक वर्ष असोजमा मात्रै १ खर्ब ४४ अर्ब १७ करोड रेमिट्यान्स भित्रिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५ खर्ब ५३ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकले जनाएको छ । यो रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३५।४ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको साउनदेखि असोजसम्म ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । गत आर्थिक वर्षमा भित्रिएको रेमिट्यान्स अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११।९ प्रतिशत बढी हो।

चालु आवको तीन महिना अवधिमा भित्रिएको रेमिट्यान्स अमेरिकी डलरमा २९।२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । गत आवमा यस्तो आप्रवाह १०।६ प्रतिशत बढेको थियो ।

चालु आवको असोजसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत(नयाँ० लिने नेपालीको सङ्ख्या एक लाख २३ हजार ४ सय ५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २ सय ५७ रहेको छ । गत अवाको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख १० हजार ६ सय ५४ र ५९ हजार ९ सय ३९ रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको