Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

संघीय समाजवादी फोरम र नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) बीच एकीकरण

admin

forum and maobadi

माघ-७, काठमाडौं ।

संघीय समाजवादी फोरममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी– कम्युनिष्ट केन्द्र) एकीकृत भएको छ। सोमबार काठमाडौंमा आयोजित पार्टी एकीकृत घोषणा कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादवले नेकपा कम्युनिष्ट केन्द्रका संयोजक केशव दाहाललाई टिका र खादा लगाएर पार्टीमा स्वागत गरे। गतसाता मात्रै दुुई वटा छुट्टाछुट्टै कम्युनिष्ट पार्टी फोरममा प्रवेश गरेका थिए।

कार्यक्रममा उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष यादवले मुलुकमा संघीय समाजवादी फोरमको विकल्प नै नरहेको दाबी गरे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले जनताको परिवर्तनको एजेन्डा छाडिसकेकोले फोरम नेपालप्रति आम जनताको विश्वास र अपेक्षा बढ्दै गएको उनको भनाई छ।

नेकपा कम्युनिष्ट केन्द्रका संयोजक दाहालले सर्वहारा जनताको अधिकार, संघीयता र पहिचानको मुद्दालाई फोरम नेपालले बलियो ढंगले उठाएकोले यसमा आबद्ध भएको प्रतिक्रिया दिए।

केशव दाहाल संयोजक रहेको नेकपा कम्युनिष्ट केन्द्र यसअघि पुष्पकमल दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नीति सिद्धान्तप्रति असन्तुुष्टि जनाउँदै छुट्टिएको थियो। तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा गएपछि २०६२ सालमा केशव दाहालको नेतृत्वमा सो टिम विभाजित भई छुट्टै पार्टीको रुपमा क्रियाशील रहँदै आएको थियो।
(नागरिक )


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको