Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

सिमरामा जेनजीमाथि आक्रमण गरेको अभियोगमा एमालेबाट निर्वाचित दुई वडाध्यक्ष पक्राउ

Reporter

आफ्नो समूहका युवालाई कुटपिट गर्ने एमालेका नेतालाई पक्राउको माग गरी बाराको सिमरामा विहीबार जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ।

उनीहरू बिहानैबाट सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्। सडक अवरुद्ध भएपछि अहिले प्रहरी र जेनजीबिच धकेलाधकेल भइरहेको छ।

बिहान जेन–जी युवाहरूलाई कुटपिट गर्ने एमालेका कार्यकर्तालाई बिहीबार बिहान १० बजे प्रहरी कार्यालयमा उपस्थित गराउने प्रतिबद्धता जनाएपछि मात्रै प्रदर्शनकारी जेन–जी युवाहरूले साढे ६ बजेबाट प्रदर्शन स्थगित गरेका थिए।

किटानी जारीपछि घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा ६ का वडाध्यक्ष कैमुदिन अन्सारी पक्राउ परिसकेका हुन्।

बुधबार एमालेले बाराको परवानीपुरमा मधेस प्रदेशस्तरीय जनजागरण सभा कार्यक्रम राखेको थियो। उक्त सभालाई सम्बोधन गर्न काठमाडौंबाट पार्टी महासचिव शंकर पोखरेल, युवा नेता महेश बस्नेतलगायत नेताहरू जहाजमार्फत सिमरा जाँदै थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको