Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

प्रधानमन्त्री कार्कीले डाकिन् सुरक्षा परिषद बैठक

Reporter

बाराको सिमरामा तनाव जारी रहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएकी छन्।

बुधबार एमाले महासचिव शंकर पोखरेल र पोलिट्व्यूरो सदस्य महेश बस्नेत बाराको परवानीपुरमा आयोजित कार्यक्रममा सहभागी हुन सिमरा जाने कार्यक्रम थाहा पाएपछि जेनजीले बारामा प्रदर्शन गरेका थिए।

विहीबार प्रदर्शन थप उग्र बन्नेतिर लम्किएपछि बैठक डाकिएको छ।

राजनीतिक दलले सिमराको घटनालाई लिएर आपत्ति जनाएपछि प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएकी हुन्।

कर्फ्यू अवज्ञा गर्दै प्रदर्शनकारी अगाडि बढ्न थालेपछि बाराको सिमरा थप अशान्त बनेको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ सेल अश्रुग्यास र २ राउन्ड हवाइ फायर गरेको छ। सिमरामा सशस्त्र र नेपाल प्रहरी व्यापक रूपमा परिचालन गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको