
माघ-७, काठमाडौँ
बलिउड अभिनेता सुनिल शेट्टी मल्यालम सुपरस्टार मोहन लालले निर्माण गरेको नयाँ सिनेमामा देखिने भएका छन्।
सुनिल शेट्टी र मोहन लालले सँगै काम गर्न लागेको यो पहिलो अवसर हो।
मोहनलालको नयाँ सिनेमा ‘मराकर: अराविकदालइन्ते सिम्हम’मा सुनिल एक योद्धाको भूमिकामा देखिनेछन्। सिनेमाको सुटिङ भने गत साताबाट हैदरावादको रामाजी स्टुडियोमा सुरू भइसकेको छ।
सुनिलले आफ्नो ट्वीटरबाट सिनेमामा हुने आफ्नो पात्रको स्वरूप सार्वजनिक गरेका छन्। सो तस्वीरमा उनलाई लामो कपाल दार्ही जुँगामा देख्न पाईन्छ।
सिनेमा १६ औँ शदाब्दीको कथावस्तुमा आधारीत रहेको छ ।
महँगो बजेटमा तयार भइरहेको उक्त सिनेमा मलयालम, हिन्दी, तमिल तथा तेलेगु भाषामा रिलिज हुनेछ।

लोकप्रिय समाचार