Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

सुदूरपश्चिमरोयल्सको लगातार दोस्रो जित, पोखरा एभेन्जर्स १८ रनले पराजित

Reporter

नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। शुक्रबार भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्‍यो। पोखराको भने यो लगातार दोस्रो हार हो।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो। जवाफमा पोखरा १ सय ७५ रन मात्र बनाउन सक्यो।

पोखराका लागि कप्तान कुशल भुर्तेलले ३२ बलमा समान ४ चौका र छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ्स खेल्दा जिमी निसमले ४७ रन बनाएका थिए।

यी दुईबाहेक ड्यान डाउथवेटले १६ बलमा ३७ रनको विष्फोटक इनिङ्स खेले पनि टिमको हार टार्न पर्याप्त रहेन।

सुदूरपश्चिमका लागि हर्मित सिंहले २ विकेट लिँदा स्कट कुगेलिङ्ग, अभिनाश बोहरा, नरेन साउँद, दिपेन्द्र सिंह ऐरी र हेमन्त धामीले १-१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि जोस ब्राउनले ३५ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ६८ रनको विष्फोटक इनिङ्स खेल्दा विनोद भण्डारी ४३ रनको इनिङ्स खेलेका थिए।

त्यस्तै, क्रिस लिनले ३१ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा दीपेन्द्र सिंह ऐरीको नाममा १५ रन रह्यो। पहिलो विकेटका लागि सुदूरपश्चिमले १०८ रनको साझेदारी गरे पनि पछिल्लो क्रमले भने सोही लयलाई निरन्तरता दिन नसक्दा २ सय रनको आँकडा पार गर्ने अवसरबाट चुक्न पुगेको थियो।

पोखराका लागि जिमी निशमले ३ विकेट लिँदा डन डौथह्वाइइट र आकाश चन्दका नाममा समान २-२ विकेट रह्यो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको