Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन मधेशका जनताको रोजाइ बने ‘सर्वेन्द्र खनाल’, बारा–४ मा लोकप्रियता उत्कर्षमा

महाधिवेशन र चुनावअघि ओलीको नयाँ फोर्स: किन अहिले?

Reporter

नेकपा एमालेले आफूलाई संसदीय राजनीतिका हिमायती दाबी गर्दै आए पनि प्रतिस्पर्धी शक्तिहरूलाई प्रतिकार गर्न पटक–पटक हतियारविहीन लडाकु समूह गठन गर्दै आएको इतिहास दोहोर्याएको छ।

पहिलो संविधानसभा निर्वाचन (२०६४) मा पराजयपछि एमालेले माओवादीको वाईसीएलका गतिविधिका प्रतिकारका लागि महेश बस्नेतको नेतृत्वमा ‘युथ फोर्स’ गठन गरेको थियो। विभिन्न झडप र आन्तरिक विवादपछि उक्त फोर्स चरणबद्ध रूपमा निष्क्रिय बनाइयो। तर, महाधिवेशन र राजनीतिक दबाब बढ्नेबित्तिकै एमाले समय–समयमा यसलाई पुनः सक्रिय बनाउँदै आएको छ।

जेन–जी आन्दोलनपछि एमाले कमजोर बनेपछि अध्यक्ष केपी शर्मा ओलीले फेरि नयाँ संरचना ‘नेसनल भोलेन्टियर फोर्स’ को केन्द्रीय कमान्ड घोषणा गरेका छन्। यसका संयोजक पुष्पराज श्रेष्ठ यसअघि युथ फोर्सका उपप्रमुख रहिसकेका व्यक्ति हुन्।

पार्टीभित्रै असन्तुष्टि भए पनि नेतृत्वको जोडमा यो फोर्स गठन गरिएको हो। आगामी महाधिवेशनमा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिइरहेका समय यो फोर्स आन्तरिक सन्तुलनका लागि पनि उपयोग हुने एमालेभित्र टिप्पणी छ।

जेन–जी आन्दोलनपछि ओली बालकोट छाडेर गुण्डुमा बस्दै आएका छन् र करीब दुई महिनादेखि यही फोर्सले उनको सुरक्षा गरेको बताइएको छ। ओलीले यो समूहलाई ‘राज्य संयन्त्र कमजोर हुँदा नागरिकको जिउधन र संरचना रक्षा गर्ने शक्ति’का रूपमा प्रस्तुत गरेका छन्।

तर, सुरक्षा निकायहरू चुनाव नजिकिँदै गर्दा यस्तो समूहले तनाव बढाउन सक्ने चिन्तामा छन्। संयोजक श्रेष्ठका उत्तेजक अभिव्यक्तिले पनि आशंका बढाएको छ—उनीहरूले एमालेलाई अवरोध गर्नेहरूलाई ‘घरघरमा गएर घेर्ने’ चेतावनीसमेत दिएका छन्।

श्रेष्ठमाथि यसअघि अपहरण र ज्यान मार्ने उद्योगसहितका मुद्दाहरू दर्ता भएको तथ्य बाहिरिएको छ। उनले भने फोर्स ‘अराजकता र विकृति’ विरुद्ध सक्रिय ‘हतियारविहीन लडाकु दस्ता’ भएको दाबी गर्छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको