Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

राजेश अहिराजको पुर्पक्ष थुना आदेश सर्वोच्चबाट पनि सदर

Reporter

जबर्जस्ती करणी मुद्दामा मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला र उच्च अदालतको आदेश सर्वोच्चबाट समेत सदर भएको छ।

अहिराजल पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको निर्णय सदर गर्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै कात्तिक २३ गते सर्वोच्चमा निवेदन दिएका थिए।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार अहिराजले दिएको निवेदनमा न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेय इजलासले तल्लो अदालतको आदेशलाई नै सदर गरेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश पिताम्बर शर्माको इजलासले साउन १४ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। त्यसलाई उच्च अदालत पाटनले भदौ १२ गते न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको इजलासले सदर गरेको थियो।

नाबालिकालाई डेरामै गएर जबरजस्ती करणी गरेको अभियोग उनीमाथि लागेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको