Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

निर्वाचनअघि पार्टीको महाधिवेशन : गगन थापा

Reporter

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन निर्वाचनभन्दा अघि अनिवार्य रुपमा गर्नैपर्ने बताएका छन् ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नयाँ नीति र नेतृत्वका साथ पार्टी निर्वाचनमा होमिनुपर्ने भन्दै निर्वाचनभन्दा अघि अनिवार्य रुपमा पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।
निर्वाचनअघि नियमित महाधिवेशन गर्नका लागि समय अपुग हुने भएकाले अव विशेष महाधिवेशन निर्विकल्प भएको उनले बताए ।
महामन्त्री थापाले पुस मसान्तभित्रमा आवधिक अधिवेशन पनि नगर्ने र विशेष महाधिवेशन पनि गर्दिन भन्न नपाइने जिकिर गरे ।

उनले आगामी मंसिर ११ गते बस्ने बैठकले पुस भित्र आवधिक अधिवेशन वा मंसिर मसान्तभित्र विशेष महाधिवेशनको निर्णय गर्नेबाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट पारे । उनले महाधिवेशनका विषयमा सकभर एकमतका साथै निर्णय गर्ने प्रयास भइरहेको पनि बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको