Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

मतदाताको संख्या एक करोड ९० लाख पुग्यो

Reporter

मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको छ । निर्वाचन आयोगका अनुसार गत कात्तिक १६ गतेसम्म मतदाताको संखया एक करोड ८१ लाख, ६८ हजार २३० जना रहेको थियो ।

छुटेका मतदाताका लागि भनेर सरकारले अध्यादेश ल्यायो । अध्यादेश अनुसार ९ असोज देखि ५ मंसिरसम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गरिएको थियो ।

थपिएको समयमा ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगका अनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झण्डै साढे ८ लाख मतदाता थपिएका हुन् । जसमा पुरूष चार लाख ७३ हजार ३४५ र महिला ३ लाख ६३ हजार ७७८ रहेका छन् । अन्य ६१ रहेका छन् ।

आयोगको नियमित प्रक्रियाबाट तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट चार लाख ९२ हजार १८० मतदाता थपिएको आयोगले जनाएको छ ।

यो सँगै कुल मतदाताको संख्या एक करोड ९० लाख ५ हजार ३२४ पुगेको हो । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार देशभरबाट संकलित मतदातामध्ये २०८२ फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरुको नामावली यही मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ ।

नामावलीमा कुनै त्रुटि भए त्रुटि सच्याउन, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको मंसिर २१ देखि २७ गतेसम्म निवेदन, उजुरी वा सूचना दिन सकिनेछ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको