Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

एनपीएल आज :रोयल्स र कर्णाली याक्स तथा जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्दै

Reporter

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (सोमबार) रोचक दुई खेल आयोजना हुँदै छन् ।

प्रतियोगितामा आज पश्चिमका दुई टिम सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, पूर्वका दुई टोली जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्दै छन् ।

दिनको पहिलो खेल ‘इस्टर्न डर्बी’ अर्थात् जनकपुर र विराटनगरबीच हुनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगितामा आज साविक विजेतासमेत रहेको जनकपुर पहिलो जितको खोजीमा छ । जनकुपरले यसअघि उद्घाटन खेलमा काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

यता, विराटनगर भने लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको र काठमाण्डू गोर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

‘वेस्टर्न डर्बी’मा अपराह्न साविक उपविजेता सुदूरपश्चिमलाई कर्णाली याक्सले चुनौती प्रस्तुत गर्दै छ । प्रतियोगितामा अपराजित सुदूरपश्चिमले दुई खेलमा काठमाण्डू र पोखरालाई क्रमशः २९ र १८ रनले पराजित गरेको थियो ।

यी दुई टिमबीचको खेल कीर्तिपुरमै अपराह्न ४ बजेदेखि सुरु हुने तालिका छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको