Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

एमालेसहित १५ दल दर्ता, दलको संख्या ८० पुग्यो

Reporter

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि आज मंगलबार एकै दिन १५ वटा राजनीतिक दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दर्ता हुने दलको संख्या ८० पुगेको छ । यसमा आज दर्ता भएका दलको संख्या १५ रहेको छ ।

मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजतन्त्र पार्टी नेपाल, प्रजातान्त्रिक पार्टी नेपाल सहितका १५ पार्टी निर्वाचन आयोग पुगेका हुन् ।

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय बुधबारसम्म छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेले २१ फागुनको चुनावमा भाग लि पाउनेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको