Logo
25 Jan 2026    १२ माघ २०८२, आईतवार

ताजा खबर

फराज अर्पण तथा ससिका राईको “हातमा दाम भो”(भिडियो) सूर्यदोष नाशदेखि सम्मान प्राप्तिसम्म: आइतबार सूर्यदेव पूजाको महत्व आज राष्ट्रिय सभा सदस्य निर्वाचन: सातै प्रदेशमा मतदान हुने ३ जना समानुपातिक उम्मेदवारविरुद्ध आयोगमा उजुरी सरकारले विमानस्थलमा दुःख दियो, अपमान गर्‍यो :केपी शर्मा ओली पूर्वी अभियानमा बालेन शाह : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

बोतलको पानी एमआरपीमै बेच्नुपर्ने

Reporter

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटेल, रेस्टुरेन्टलाई बोतलमा उल्लेख भएभन्दा बढी मूल्यमा पानी बिक्री नगर्न सूचना जारी गरेको छ ।

होटेल, रेस्टुरेन्टले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा बढीमा बोतलबन्द पानी बिक्री गर्ने विकृति बढेको विषयमा उपभोक्ताले विभागमा उजुरी गरेका छन् ।

उक्त उजुरीपछि विभागले सोमबार एक सूचना जारी गर्दै एमआरपीभन्दा बढी मूल्यमा पानी बिक्री नगर्न निर्देशन दिएको हो ।

निर्देशनविपरीत बढी मूल्यमा पानी बिक्री गरेको सप्रमाण उजुरी आए उपभोक्ता संरक्षण ऐन, ०७५ अनुसार कारबाही गर्ने जानकारी पनि गराएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको