Logo
21 Jan 2026    ८ माघ २०८२, बुधबार

ताजा खबर

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी झापा–५ का मतदातासँग बिहानैदेखि साक्षात्कार र संवादमा बालेन देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनको मनोनयन उत्साहजनक गगन थापाको नेतृत्वमा कांग्रेसमा ‘सांगठनिक शल्यक्रिया’ निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

सुशासन कायम गर्दै तोकिएको समयमा निर्वाचन गर्न सरकार केन्द्रित : मन्त्री घिसिङ

Reporter

ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासन कायमका साथै तोकिएको समयमा नै निर्वाचन गर्न सरकार केन्द्रित भएको बताएका छन्।

राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले बुधबार काठमाडौंमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको उद्घाटन सत्रमा मन्त्री घिसिङले जेन-जी आन्दोलनको भावना अनुसार मुलुकमा सुशासन कायम गर्न र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न सरकार केन्द्रीत रहेको बताएका हुन्।

मन्त्री घिसिङले सबै राजनीतिक दल निर्वाचन भाग लिन निर्वाचन आयोगमा दर्ता भइसकेकाले तोकिएको समयमा नै निर्वाचन हुने दावी गरे। लामो समयदेखिको आक्रोश र असन्तुष्टि जेनजी आन्दोलनका रूपमा प्रकट भएको भन्दै छोटो समयमा नै जनतामा आशा जगाउनुपर्ने उनले बताए।

मन्त्री घिसिङले राजनीतिक र व्यवस्था परिवर्तन गर्न पुराना राजनीतिक दल र नेता सफल भए पनि परिवर्तनपश्चात समृद्धिको नेतृत्व गर्न चुकेको जिकिर गरे। उनले संकटका अवस्थामा आफू मन्त्री बनेको भन्दै चुनौतीलाई अवसरमा बदल्ने गरि काम गर्ने बताए।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उपासभापति स्वर्णिम वाग्लेले एक–दुई दशकदेखिको उकुसमुकुश जेन-जी आन्दोलनका नाममा प्रकट भएको बताए।

जेन-जी आन्दोलनपछि मुलुकको अर्थराजनीतिक कोर्श नै फेरिने अवस्थामा पुगेको भन्दै संक्रमणलाई सम्हान सके देशलाई निकै अघि बढाउन सकिने उनले बताए। संक्रमणलाई सम्हान नसके पुन प्रतिगमन फर्किने खतरा रहेको उनको भनाइ छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको